लागूऔषधसहित दुई जना पक्राउ
झापा । झापाको गौरीगंज गाउँपालिका–४ बारासुतिबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध ब्राउनसुगर ५ सय १० मिलिग्रामसहित बुधबार दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–१ बस्ने १९ वर्षीय लुखिराम बास्की र २३ वर्षीय योगेश राजबंशी रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय खजुरगाछीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट गौरीगंजतर्फ आउँदै गरेको को.१७ प ४८५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
