सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।
यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।