अवैध लागूऔषधसहित एक जना पक्राउ
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले २ सय ५० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–८ धनगढी गाँउ बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ ।
उनलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
