जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट बुधबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमला रहेका छन् ।
धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
