न्युजिल्याण्ड पठाउँछु भन्दै ठगेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख २१, शुक्रबार ०८:४४

काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएर काठमाडौं बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेका छन् ।

उनलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग ९ लाख लिएर फरार भएका थिए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।