एमाले जुम्लाको अध्यक्षमा महत

जुम्ला । नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत विजयी भएका छन् । महत एक सय ९४ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन् ।
प्रत्याशी धीरेन्द्रराज गिरीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये गिरीले भने एक सय ३५ मत मात्रै पाएका थिए ।
यस्तै, उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा मानबहादुर रोकाया, उपसचिवमा धनबहादुर बुढा, महिला उपसचिवमा मेनका रेग्मी विजयी भएका छन् ।