गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १९, बुधबार १८:३२

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–१० बस्ने ४० वर्षीय पाल्साङ मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई करिब ५ किलो लागूऔषध गाँजासहित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ५२६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।