श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १९, बुधबार १७:५६

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङगा घर भएका सन्तोष परियार रहेका छन् ।

३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा आई जानकारी गराए पश्चात निजलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।