समाचार

राष्ट्रिय एकता र मेलमिलापको विकल्प छैन : शेखर कोइराला

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार हुँदै राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्बन गरी स्वदेश फर्किएको स्मरणमा आज राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४३.३७ रुपैयाँ र बिक्रीदर १४३.९७ रुपैयाँ रहेको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९६.११ रुपैयाँ र बिक्रीदर ९६.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ र एक...

एमाले र कांग्रेसबाहेक अरूले सरकार बनाउन सक्दैनन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच बनेको राजनीतिक सहकार्यप्रति कडा व्यंग्य गरेका छन्। उनले कमजोर शक्तिहरूको मोर्चाबन्दीले बलियो राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न नसक्ने टिप्पणी गरेका हुन्। मंगलबार काठमाडौँमा मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना...

विदेशी लगानी र ऋण व्यवस्थापन थप सहज, राष्ट्र बैंकद्वारा विनियमावलीको पाँचौँ संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र सहज बनाउँदै विदेशी विनिमय (नियमित गर्ने) विनियमावली, २०७८ मा पाँचौँ संशोधन गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले दिएको अधिकार प्रयोग गर्दै विदेशी विनिमय व्यवस्थापन विभागमार्फत...

सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन आज तोलामा सात हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला...

डिजिटल हस्ताक्षर नमानिँदा कांग्रेसको समानुपातिक बन्दसूची बुझाउन ढिलाइ

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची ढिलोगरी निर्वाचन आयोगमा बुझाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि बन्दसूची पेस गर्न ढिलाइ भएको हो। निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। तर कांग्रेससहित ठूला दलहरूले तोकिएको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा प्रमुख राजनीतिक व्यक्तित्व खालिदा जियाको लामो समयदेखि रोगसँग संघर्षरत रहँदा मंगलबार, डिसेम्बर ३०, २०२५ मा निधन भएको छ। उनी ८० वर्षकी थिइन्। उनको पार्टी बंगलादेश नेसनलिस्ट पार्टीले सामाजिक सञ्जालमार्फत निधनको पुष्टि गर्दै आज बिहान करिब ६ बजे, फज्रको नमाजपछि उनको निधन भएको जनाएको छ।...

गोली प्रहार घटनामा एक जनाको मृत्यु

न्युयोर्क । म्यानहटनको व्यस्त क्षेत्र बिलिनियर्स रोु मा आइतबार एक २७ वर्षीय पुरुषमाथि गोली प्रहार भएको छ। न्युयोर्क प्रहरीका अनुसार ती व्यक्तिको छातीमा गोली लागेको छ र उनको अवस्था चिन्ताजनक छ। घाइतेलाई तत्काल उपचारका लागि माउन्ट सिनाई वेस्ट अस्पताल लगिएको छ। प्रहरीले हाल घटनास्थलबाट प्रमाण संकलन गरिरहेको छ, तर...

ग्रेटर नेपालको एजेण्डा लिएर चुनाव उठ्ने फणिन्द्र नेपालको घोषणा

काठमाडौं । ग्रेटर नेपालको एजेण्डा लिएर दशकौंदेखि सक्रिय फणिन्द्र नेपालले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र १ बाट चुनाव उठ्ने घोषणा गरेका छन् । ३५ वर्षदेखि ग्रेटर नेपालको अभियानमा एक्लै हिडेका उनले पहिलो पटक स्वतन्त्र रुपले चुनाव लड्ने घोषणा गरेका हुन् । देशको सार्वभौमसत्ता निहित रहेको संसदमा ग्रेटर नेपालको आवाज उठाउँने...

कुलमान घिसिङ पनि रास्वपामा, उपसभापति हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको छ । यो सहमतिसँगै अब घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनेछन् । सहमति अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा संगै जाने सहमति भएको छ ।सोमबार राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका...