समाचार

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा एक हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च...

प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याङ्क्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा बागमती प्रदेशका २४ वटा...

समानुपातिक उम्मेदवारको बन्दसूची पेस आजदेखि सुरु

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने कार्य आजदेखि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार दलहरूले तोकिएको समयभित्र आवश्यक कागजातसहित बन्दसूची बुझाइसक्नुपर्नेछ। आयोगले आइतबार र सोमबार दुई दिनको समय तोकेको छ। बन्दसूची निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरिएको निर्वाचन...

रास्वपा र शाहबीच ७ बुँदे सहमति, शाहलाई भावी प्रधानमन्त्री

काठमावडौं । काठमाडौं महानगरपालिकका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी बीच एकता गर्ने सहमति भएको छ । सहमति अनुसार, आउँदो प्रतिनिधिसभाको निर्वाचनपश्चात शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सो पार्टीको नेतृत्व गर्ने तथा शाहले संसदीय दलको नेतृत्व...

न्युयोर्कमा भारी हिमपात, जनजीवन प्रभावित

न्युयोर्क । न्युयोर्क सिटीमा सन् २०२२ पछिकै सबैभन्दा धेरै हिउँ परेको छ जसका कारण यहाँको जनजीवन प्रभावित भएको छ । शनिबार बिहान ७ बजे सेन्ट्रल पार्कमा ४.३ इन्च हिउँ मापन भएको थियो, यो सन् २०२२ जनवरीपछि धेरै भएको राष्ट्रिय मौसम सेवाले जनाएको छ । भारी हिमपातका कारण जनजीवन प्रभावित...

चुनावी वातावरणबारे प्रधानमन्त्री कार्की र तीन दलबीच संवाद सुरु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माणका विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। आगामी फागुन २१...

कसैको अस्तित्व समाप्त गरेर एकता हुँदैन : ऊर्जा मन्त्री कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्पष्ट पारेका छन्। नयाँ राजनीतिक शक्तिहरूबीच एकताको चर्चा चुलिँदै गएको सन्दर्भमा उनले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ अघि बढे मात्र साँचो एकता सम्भव हुने बताएका हुन्। शनिबार...

समानुपातिक बन्दसूची रीतपूर्वक पेस गर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई आवश्यक विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्र उम्मेदवारको बन्दसूची पेस गर्न आग्रह गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा...

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री, राष्ट्रपति पौडेलबाट शपथ

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् । आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए ।

राजनीतिक नयाँ ध्रुवीकरणतर्फ संकेत : रास्वपा र बालेन नजिकिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको एकता तथा सहकार्य प्रक्रिया निर्णायक चरणमा पुगेको छ। बिहीबार ललितपुरको ज्वागलमा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच भएको भेटवार्ता सकारात्मक र निष्कर्षउन्मुख रहेको दुवै पक्षका नेताहरूले बताएका छन्। भेटपछि आज पनि दुवै पक्षबाट दुई-दुई जना...