समाचार

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४५.१६ रुपैयाँ र बिक्रीदर १४५.७६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९७.२७ रुपैयाँ र बिक्रीदर ९७.६७ रुपैयाँ तोकिएको छ भने १० जापानिज येनको खरीददर ९.१९ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ तोकिएको छ। त्यसैगरी १०० दक्षिण...

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी आज

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ हुने निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज एकै दिन उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले तोकेको तालिकाअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ। राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन्। केही विवादित वा बाँकी क्षेत्रका उम्मेदवार...

भाषण होइन, काम गरेर देखाउँछु : जनकपुरमा बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफू भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताएका छन्। सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी घोषणा सभालाई सम्बोधन गर्दै बालेनले जनतासँग काम गर्ने अवसर मागेका हुन्। सभामा बोल्दै उनले भने, ‘म काम गर्ने मान्छे हुँ, भाषण होइन।...

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौं । विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई पोखराबाट पक्राउ परेका हुन् । उनले निर्वाचन आयोगले नेपाली कांग्रेसमा गगन थापा पक्षलाई आधिकारिता दिदा ५२ करोड घुस लिएको बताएका थिए । नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो...

नेपाल प्रहरीका ६७ डिएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ६७ जनाको सरुवा गरिएको हो। आइतबार प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार यो सरुवा गरेको जनाएको छ। यो सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान महाशाखा र विभिन्न जिल्ला प्रहरी कार्यालयमा परिवर्तन...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज एकैदिन तोलामा चार हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा १८५...

खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ताले आज बिहान प्रधानमन्त्रीलाई राजीनामाबारे जानकारी गराएका हुन् । गुप्ताले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा दिने निर्णयबारे अवगत गराएको बताए । ‘हिजो...

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायको प्रमुख तथा नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन मनाइँने सोनाम ल्होसार पर्व आज श्रद्धा र उत्साहका साथ मनाइँदैछ। आजका दिन गुम्बा तथा विहारमा विशेष पूजा, प्रार्थना र धार्मिक अनुष्ठान गरिन्छ। परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य, संगीत तथा शुभकामना आदान–प्रदान मार्फत् नयाँ वर्षलाई स्वागत गर्ने चलन...

ट्रम्पको ट्यारिफ लगाउने धम्कीपछि ८ नेटो राष्ट्रको प्रतिक्रिया- आर्कटिक सुरक्षाका लागि संयुक्त ऐक्यबद्धता

नेटोका आठ सदस्य राष्ट्रहरूले आर्कटिक क्षेत्रको सुरक्षा सुदृढीकरण र आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि एकतावद्ध रहने बताएका छन् । आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले क्षेत्रीय अखण्डता जोगाउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको र कुनै पनि बाह्य दबाबका विरुद्ध एकढिक्का रहने सन्देश दिएका हुन् । डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी,...

मकवानपुर छोडर काठमाडौं किन रोजे कमल थापाले

यस अघि मकवानपुरबाट निर्वाचन लड्दै आएका कमल थापा आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंबाट उम्मेदवार हुने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले मकवानपुर त्यागेको पुष्टि भएको हो । यसअघि क्षेत्रीय कमिटीले डा। प्रकाशचन्द्र लोहनी, केशव रेग्मी,...