समाचार
प्रतिनिधिसभामा उठ्न हर्क सम्पाङद्वारा राजीनामा, खरेलको टुंगो छैन
धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका उनले प्रमुखबाट राजीनामा दिएका हुन् ।आइतबार बसेको कार्यपालिका बैटकमा उपप्रमुख आइन्द्रबिक्रम बेघालाीई राजीनामा बुझाएका साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका हुन् । केही समयअघि श्रम शक्ति पार्टी निर्माण गरेर अध्यक्ष भएका...
सरकार र प्रसाईंबीच सहमतिः ऋण मिनाहदेखि कालोसूची फुकुवासम्म
सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंबीच ऋण मिनाहादेखि कर्मचारीको तलब वृद्धि गर्ने विषयमा सम्झौता भएको छ। माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री र महाअभियानका संयोजक प्रसाईंले प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका हुन्। लघुवित्त र सहकारी क्षेत्रमा ऋण मिनाहा सम्बन्धी विषयमा...
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा राजीनामा
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्।...
नेपाली कांग्रेसको आधिकारिकताविरुद्ध देउवा समूह सर्वोच्च अदालतमा
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ। शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेअनुसार आइतबार रिट निवेदन दर्ताका लागि सर्वोच्च अदालत गएको...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य पनि भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ६२५ रुपैयाँ...
मेयर बालेनले आजै राजीनामा दिई, रास्वपा केन्द्रीय समितिमा सहभागी हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)ले आजै आफ्नो पदबाट राजीनामा दिने भएका छन्। राजीनामापछि उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार...
दोलखामा नेकपाबाटविशाल खड्का उम्मेदवार बन्दै
नेपाली कम्युनिस्ट पार्टीले दोलखामा विशाल खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट दोलखा १ बाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गरेका थिए भने उनी वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए । त्यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद...
८ अर्ब ३६ करोडको विमानस्थल काण्डः थुनछेकविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। आयोगले विशेष अदालतको आदेश कानुनसम्मत नभएको दाबी गर्दै प्रतिवादीहरूलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दायर गरेको हो। अख्तियारका अनुसार करिब ८ अर्ब...
समुद्र संरक्षणको इतिहासमा एक युगान्तकारी क्षण : महासचिव गुटेरेस
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रहरूको सामुद्रिक जैविक विविधता’ (बीबीएनजे) सम्बन्धी सम्झौता लागू भएको दिनलाई समुद्र संरक्षणको इतिहासमा एक युगान्तकारी बताएका छन् । भिडियो सन्देश जारी गर्दै महासचिव गुटेरेसले एक युगान्तकारी क्षणु भएको बताएका हुन् । राष्ट्रिय सिमानाभन्दा बाहिर रहेको विश्वको कुल समुद्रको दुई–तिहाइ हिस्सामा...
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत जाने
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएको निर्णयविरुद्ध पार्टीका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको ठहर गर्दै संवैधानिक, राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग...









