समाचार

नेपालसहित ७५ देशका लागि अमेरिकी आप्रवासी भिसा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी भिसा (स्थायी बसोबासका लागि दिइने भिसा) प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णय आगामी जनवरी २१ (माघ ७) देखि लागू हुने जनाइएको छ। फक्स न्युजका अनुसार अमेरिकी विदेश मन्त्रालयको एक आन्तरिक ज्ञापनपत्रका आधारमा यो...

देशभर श्रद्धा र उत्साहका साथ माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने यस पर्वलाई सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने विशेष दिनका रूपमा लिइन्छ, जसलाई शुभ समयको आरम्भ मानिन्छ। माघे संक्रान्तिका अवसरमा बिहानै स्नान गर्ने, दान-पुण्य गर्ने, पूजा–आराधना गर्ने तथा...

रवि लामिछानेविरुद्धका संगठित अपराधलगायतका मुद्दा फिर्ता लिने सरकारको निर्णय

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध मुद्दा फिर्ता लिने निर्णय गरेको छ। महान्यायाधिवक्ताको कार्यालयमार्फत अगाडि बढाइएको यस निर्णयअनुसार लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू फिर्ता हुने भएका हुन्। महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित जिल्ला सरकारी वकील कार्यालयहरूलाई लामिछाने जोडिएका यी मुद्दाहरू...

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टीको नयाँ सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। केन्द्रीय कार्यसमितिले थापालाई निष्कासन गरेलगत्तै विकसित राजनीतिक घटनाक्रमका बीच विशेष महाधिवेशनले उनलाई नेतृत्वको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। यसैगरी, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा चयन भएका छन् भने महामन्त्रीको जिम्मेवारी गुरु घिमिरे र प्रदीप...

नेपाली कांग्रेसद्वारा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निष्कासित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीले पाँच वर्षका लागि निष्कासन गरेको छ। सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई समेत साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान र अनुशासन उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई निष्कासन गर्ने निर्णय...

बजारमा झिनो सुधारः लगानीकर्ता शेयर बिक्री तिर हाबि

काठमाडौँ । शेयर बजारमा आज दिनभर देखिएको उतार–चढावपछि सामान्य सुधार आएको छ । प्रमुख शेयर सूचकांकहरूमा हल्का वृद्धि देखिनुले बजारमा सकारात्मक भावनाको संकेत दिएको छ । बजारमा आएको उतार चढाबपछि लगानीकर्ताहरूले आगामी दिनमा बजार अझ मजबुत आधारमा अघि बढ्ने अपेक्षा गरेका छन्। देशको राजनीतिक परिस्थितिले पनि बजारलाई सहज बनाएको...

रवि लामिछानेका मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा निवेदन

काठमाडौं । सरकारले सहकारी ठगी बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने तयारी थालेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिनु अघि नै ती मुद्दा हटाउने उद्देश्यले महान्यायाधिवक्ता कार्यालयसँग पत्राचार गरिएको बताइँदै छ। लामिछानेविरुद्ध सहकारी ठगीका...

कांग्रेस विशेष महाधिवेशन सभापतिमा गगन थापा मात्रै उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय बुधबार बिहान ११ः१५ बजे सकिएको छ । निर्वाचन समितिका अनुसार सभापति पदका लागि महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । निर्वाचन समितिले मनोनयन दर्ताको समय सकिएको जानकारी दिँदै उम्मेदवारहरूको नामावली दिउँसो १ बजे सार्वजनिक गरिने बताएको छ...

सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ३१५ रुपैयाँले...

थाइल्याण्डमा क्रेन भत्किँदा रेल दुर्घटना, २२ जनाको मृत्यु

काठमाडौँ । थाइल्याण्डमा निर्माणाधीन उच्च गतिको रेल परियोजनामा प्रयोग गरिएको क्रेन भत्किँदा गुज्रिरहेको यात्रुवाहक रेलमा ठोक्किएर ठूलो दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले बुधबार स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ। राजधानी बैंककबाट देशको उत्तरपूर्वी क्षेत्रतर्फ जाँदै गरेको रेल नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा...