समाचार

एक दिन ढिलापछि एमाले महाधिवेशनको मतदान सुरु

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले पहिलो मतदान गर्दै औपचारिक रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाएका हुन्।निर्वाचन कार्यतालिकाअनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै एक दिनपछि...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ३७ पैसाले बढेर खरीददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ जुन हालसम्मकै उच्च हो। यस दिन एक क्यानेडियन डलरको खरीददर १०५.४८ रुपैयाँ र बिक्रीदर १०५.९२ रुपैयाँ कायम भएको छ भने एक सिंगापुर डलरको खरीददर ११२.७० रुपैयाँ...

बजारमा हरियाली आएपनि लगानीकर्ता भने निराशः कारोबार खुम्चिदै

काठमाडौँ । शेयर बजारले पछिल्ला दुई दिन सामान्य सुधार देखाएको छ । लामो समयदेखि ओरालो लागेको बजारमा सुधारको संकेत देखिएको भए पनि लगानीकर्ताको ठूलो रकम पहिल्यै गुमिसकेकोले उनीहरू अझै निराश छन् । बजार हाल २५ सयदेखि २६ सय बिन्दुको वरिपरि स्थिर रहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ। निरन्तर घट्दो...

सक्रिय राजनीतिमा फर्कन राष्ट्रपतिका सल्लाहकार सुनिल थापाको राजीनामा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशील हुने उद्देश्यले आफूले राजीनामा दिएको  बताएका छन्।थापाले पार्टीको महाधिवेशन आउँदैछ चुनावको मिति पनि तय भएको छ ,त्यसैले सक्रिय राजनीतिमा लाग्न पदबाट राजीनामा दिएको बताइएको छ। राष्ट्रपति पौडेलको सचिवालयले पनि थापाले राजीनामा दिएको...

सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला तीन हजार...

एमाले महाधिवेशनमा मतदान ढिलाइ, भृकुटीमण्डपमा उम्मेदवार मतमाग्न व्यस्त

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्राविधिक कारणले ढिलाइ हुने भएको छ। मतदान स्थल भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उम्मेदवारहरू र तिनका समर्थकहरू बिहानैदेखि मतमाग्न सक्रिय देखिएका छन्।पूर्वनिर्धारित समयभन्दा मतदान ढिलो हुने भएपछि उम्मेदवारहरूले प्रचार-प्रसारका लागि थप समय पाएका...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ जसकारण एक डलरको खरीददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ कायम भएको छ। आज एक क्यानेडियन डलरको खरीददर १०५.२० रुपैयाँ र बिक्रीदर १०५.६४ रुपैयाँ कायम भएको छ भने एक सिंगापुर डलरको खरीददर ११२.३८ रुपैयाँ र बिक्रीदर...

भारतीय ठूला दरका नोट चल्न दिने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा भारतीय रुपैयाँ (ठुला दरका नोट) चल्न दिने निर्णय गरेको छ । २५ हजार रुपैयाँको सिमा निर्धारण गरेर २ सय र ५ सयका भारु चल्न दिने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । भारतीय ठूला दरका नोटमाथिको प्रतिबन्ध हटाएर सन् २०१६ नोभेम्बर ९ पछि...

गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो सार्वजनिक

गायिका उर्मिला लाम्गादेको ख्रिष्टियन गीत ख्रिष्टको प्रेममा म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज भट्टको निर्देशनमा तयार गरिएको भिडियोमा कलाकार सम्राट अधिकारी, श्रृष्टि सुब्बा र देवेन्द्र बरालको अभिनय छ । गीतले ख्रीष्टियन प्रेम, आशा र करुणाको सन्देशलाई सांगीतिक तथा दृश्यात्मक रूपमा प्रस्तुत गर्दै सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने प्रयास...

घरजग्गा र व्यक्तिगत कर्जा लिन सहज

काठमाडौं । अब घरजग्गा खरिद, निर्माण तथा व्यक्तिगत कर्जा लिन सजिलो भएको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशिकामा संशोधन गर्दै अब हरेक वर्ष कर चुक्ता प्रमाणपत्र पेश गर्नु नपर्ने व्यवस्था लागू गरिएको छ। यसअघि ऋणीले हरेक वर्ष आफ्नो आम्दानी विवरणसँगै कर चुक्ता प्रमाणपत्र पनि पेश गर्नुपर्ने...