समाचार

रुकुमबाटै चुनाव लड्ने प्रचण्डको निर्णय, पूर्वी रुकुम निश्चित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आउँदो प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्। शनिबार रुकुम पश्चिममा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले रुकुम पूर्वबाट चुनाव लड्ने निर्णय लगभग निश्चित भइसकेको बताएका हुन्। सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, हुनसक्छ अहिलेको चुनाव म रुकुमैबाट...

देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गरिरहेको गम्भीर संकटले आफूलाई चिन्तित तुल्याएको बताएका छन्। ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै पूर्वराजा शाहले विगत र वर्तमानको तुलना गर्दै देशको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।...

उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। शनिबार बसेको पार्टीको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। पार्टी नेता गणेश घिसिङका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया टुटेपछि पार्टीले नयाँ नेतृत्व चयन गरेको हो। यसअघि कुलमान घिसिङ उज्यालो...

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बैठक बोलाइएको जानकारी दिएका हुन्। सूचनाअनुसार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ। बैठकमा केन्द्रीय...

पाँच महिनामै ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो, मंसिरमा मात्रै १ खर्ब १८ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो पाँच महिनामा नेपालमा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले...

मन्त्रीहरू निष्पक्ष रहनुपर्छ, निर्वाचन सुनिश्चित छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख म्यान्डेट तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारेका छन्। गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले सरकार निर्वाचनमा पूर्ण रूपमा होमिइसकेको भन्दै निर्वाचन हुनेमा कुनै शङ्का नगर्न...

बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोालामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार...

मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे एनआरएनए अमेरिकाको खण्डन

काठमाडौं ।युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता अमेरिकाको भ्रमणमा जान लागेको समाचार सार्वजनिक भइरहेका बेला गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट पारेको छ।एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै संस्थाको तर्फबाट अमेरिकामा कुनै पनि...

आइतबार देशभर सार्वजनिक बिदा

काठमाडौँ । आइतबार अर्थात् पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । पृथ्वी जयन्तीको अवसरमा सो दिन सार्वजनिक बिदा हुने भएको हो । पृथ्वी जयन्ती जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ । अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस...

इकोसकको ८० वर्ष : नेपाली नेतृत्वमा विश्वव्यापी एजेन्डा र नयाँ मार्गचित्र

न्युयोर्क । संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली निकायमध्येको एक ‘आर्थिक तथा सामाजिक परिषद’ इकोसक यतिबेला नेपाली कूटनीतिज्ञको  नेतृत्वमा आफ्नो स्थापनाको ८० औं वर्षगाँठ मनाउने तयारीमा जुटेको छ। आगामी २३ जनवरीमा ८०औं वार्षिकोत्सव मनाउन लागेको यस परिषद्को नेतृत्व हाल संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले गरिरहेका छन्...