समाचार

भक्तपुर सल्लाघारीमा एमालेको ११औँ महाधिवेशन :मञ्च तयारी अन्तिम चरणमा

काठमाडौं ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भोलिबाट सुरु हुँदैछ। भक्तपुरको सल्लाघारीस्थित तीनकुने खुलाचौरमा हुने उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापन तथा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकहरूले बताएका छन्। पार्टीले यस पटकको उद्घाटन कार्यक्रमलाई भव्य र फरक ढंगले प्रस्तुत गर्न सांस्कृतिक प्रस्तुति, आधुनिक प्रविधि र विशाल संरचनालाई विशेष प्राथमिकताका साथ...

file photo

नेपाली सेनाले खुलायो ठूलो संख्यामा भर्ना

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई, विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूमा ३८८ जनाका लागि नयाँ भर्ना खुलाएको छ। सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ्ग, अन्य प्राविधिक, अन्य हवाई, लेखा, पुजारी, कर्मचारी समूहमा नयाँ भर्ना खुलाएको हो। यसमा आज मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर...

अमेरिकी डलरको भाउ ऐतिहासिक उचाइमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। बैंकका अनुसार एक अमेरिकी डलरको खरीददर १४४.३० रुपैयाँ र बिक्रीदर १४४.९० रुपैयाँ कायम भएको छ। अमेरिकी डलरसँगै अन्य प्रमुख विदेशी मुद्राको दर पनि उकासिएको छ। एक अष्ट्रेलियन डलरको खरीददर ९६.१० रुपैयाँ र...

खस्किँदो जैविक विविधताप्रति युएन महासचिवको चिन्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वीमा हरेक मानिसले असुरक्षित हावामा सास फेरिरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ वातावरण सभाको सातौँ सत्रलाई केन्यामा सम्बोधन गर्दै महासचिव गुटेरेसले यस सभाले आसा प्रदान गरिरहेको बताए । सार्वजनिक मन्तव्य अनुसार, हाम्रो ग्रह पहिले कहिल्यै नभएको अवस्थामा रहेको बताउँदै महासचिव गुटेरेसले खस्किँदो जैविक विविधताप्रति...

वातावरणीय चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य : एन्डरसन

संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इङ्गर एन्डरसनले वातावरणीय चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्यलाई जोड दिएकी छिन् । केन्याको नैरोबीमा आयोजित संयुक्त राष्ट्रसंघ वातावरण सभाको सातौँ सत्रलाई  केन्याको राजधानी नैरोबीमा सम्बोधन गर्दै कार्यकारी निर्देशक एन्डरसनले वातावरण विकाससँग मात्र जोडिएको विषय नभई शान्ति, समृद्धि, आर्थिक वृद्धि र स्थिरताको जग भएको...

नक्कली नोट सहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाही जिल्लाको विष्णु गाउँपालिका–६ बाट ९५ हजार नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेका छन्। प्रहरीले बुधबार बेलुकी उनको साथबाट १ हजार दरका ९५ थान नक्कली नोट फेला पारेको हो। अनटेस्ट लेखिएको...

भेनेजुएला तटबाट अमेरिकाद्वारा सबैभन्दा ठूलो तेल ट्याङ्कर नियन्त्रणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाको तटबाट एउटा विशाल तेल ट्याङ्कर नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार यो अहिलेसम्म अमेरिकाले जफत गरेको सबैभन्दा ठूलो ट्याङ्कर हो, जसले दुई देशबीचको तनावलाई झन् चर्काउने संकेत दिएको छ। ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भनेका छन हामीले भर्खरै एउटा अहिलेसम्मकै सबैभन्दा ठूलो...

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ८०५ रुपैयाँमा...

एमाले अध्यक्ष ओली आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। प्रेस चौतारी नेपालको आयोजनामा दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा हुने कार्यक्रममा ओलीले आगामी महाधिवेशन, नेतृत्व चयन र पार्टी रणनीतिसम्बन्धी धारणा प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेका अनुसार...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीदमूल्य १४३.८२ रुपैयाँ र बिक्रीमूल्य १४४.४२ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४.०३ रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ तोकिएको छ भने १० जापाजिन येनको खरीददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९...