समाचार
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा चौलागाईं निर्वाचित
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले रवीन्द्र चौलागाईलाई अध्यक्षमा निर्वाचित गरेको छ । संघको नेपालगन्जमा भएको १२औँ केन्द्रीय महाधिवेशनले अध्यक्षमा चौलागाईंलाई निर्वाचित गरेको हो । साथै महाधिवेशनले ४१ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कविराज बराल, महासचिवमा ऋषिराम ज्ञवाली निर्वाचित भएका छन् । कर्मचारीहरुमा...
गृहसचिवसहित सात सचिवको सरुवा
काठमाडौँ । सरकारले गृहसचिवसहित सात सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृहसचिवको जिम्मेवारी दिएको हो। बैठकले लोकसेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ। यस्तै, श्रम, रोजगार तथा सामाजिक...
जेनजी आन्दोलनका घटनाबारे रमेश लेखक आयोगमा बयान दिन उपस्थित
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिन सोमबार उपस्थित भएका छन्। सिंहदरबारस्थित आयोगको कार्यालयमा मध्याह्न लेखक बयानका लागि पुगेका हुन्। सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको...
शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा
काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार अग्रवाललाई धरौटी बुझाउने सर्तमा छाड्न आदेश दिएको हो। अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनी रिहा हुनेछन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको...
बाक्लो कुहिरोका कारण दिल्ली विमानस्थल प्रभावित
काठमाडौं ।सोमबार बिहान बाक्लो कुहिरो र शून्यजस्तै दृश्यताका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २०० उडान प्रभावित भएका छन्। कुहिरोका कारण धेरै उडान ढिलाइ भएका छन् भने केही उडान रद्द समेत गरिएको छ। सोमबार बिहान ८:४५ बजे फ्वाइटराईडर२४को तथ्याङ्क अनुसार आइजीआई विमानस्थलमा कम्तीमा १४४ प्रस्थान र ५१ आगमन...
निर्वाचन नै देशलाई निकास दिने सर्वोत्तम विकल्प : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र प्रभावकारी विकल्प निर्वाचन नै भएको बताएका छन्। जेनजी आन्दोलनपछि बनेको राजनीतिक अवस्थालाई शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट समाधान गर्न पूर्वनिर्धारित मितिमै निर्वाचन गराउनुपर्नेमा उनले जोड दिए। सोमबार काठमाडौंमा आयोजित तथा बानेश्वर क्याम्पसमा स्ववियुले...
पूर्व सचिव पाण्डे बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त
काठमाडौं । सरकारले पूर्व सचिव गणेश पाण्डेलाई नेपाल बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणमा नेपाल बीमा प्राधिकरणका पूर्व सञ्चालक समेत रहेका पाण्डेलाई आगामी चार बर्षको लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डे जीवन बीमा समुहबाट नयाँ सञ्चालक बनेका हुन् । पाण्डे...
आइतबार नेप्से ४७ अंकले उकालो, साढे पाँच अर्बभन्दा बढीको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि उत्साहजनक देखिएको छ । आज विभिन्न क्षेत्रका ३२८ कम्पनीको सेयर किनबेच हुँदा कुल पाँच अर्ब ५३ करोड...
रविसँग सात बुँदे सम्झौतापछि मेयरबाट राजीनामा दिने तयारीमा बालेन
काठमाडौं । राजनीतिमा सक्रिय हुने भए पछि काठमाडौं महानगरपालिकाका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बालेनबीच भएको सात बुँदे सम्झौता सार्वजनिक हुनासाथ अनेक अड्कलवाजी हुन थालेका छन् ।...
वैकल्पिक शक्तिलाई एक हुन कुलमान घिसिङको आग्रह
काठमाडौं । ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले सबै वैकल्पिक शक्तिहरू एक भएर अघि बढून् भन्ने चाहना राखेको बताएका छन्। पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सही नेतृत्व र वैकल्पिक शक्तिहरू सकेसम्म एकता, नसके कार्यगत एकतामार्फत अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। घिसिङले उज्यालो...










