समाचार
विशेष महाधिवेशन रोकीए राजनीतिक दुर्घटना हुन सक्छ : गुरुराज घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन रोक्न जबर्जस्ती निर्णय गरिए भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले नै लिनुपर्ने चेतावनी दिएका छन्। केन्द्रीय कार्यसमितिले पूर्वनिर्धारित तालिका परिवर्तन गर्दै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिँदै घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई...
समानुपातिक त्यागेर प्रत्यक्ष चुनावमा जाने आशिफ शाहको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका अभिनेता तथा फिल्म निर्माता आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य सार्वजनिक गर्दै उनले जनताको भावनामा चोट नपुगोस् भन्ने हेतुले समानुपातिक सांसद नबन्ने निर्णय लिएको बताएका छन्। शाहले आफू...
कतारले दियो १३ नेपाली बन्दीलाई आममाफी
काठमाडौं । कतार सरकारले १३ जना नेपाली बन्दीलाई आममाफी दिने निर्णय गरेको छ। राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा कतारको विभिन्न जेलमा रहेका उनीहरूलाई आममाफी दिइएको हो। आममाफी दिइएकोमा नेपाल सरकारले कतारलाई धन्यवाद ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मानवीय आधारमा प्रदान...
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको प्रभाव हवाई भाडामा देखिएको हो । यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य घटेर १२८...
सुनको मूल्यमा उकालो, प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि
काठमाडौँ । निरन्तर घट्दो क्रममा रहेको सुनको मूल्य आज भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्ला दिनहरूमा लगातार घट्दै आएको सुनको...
नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचना सहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल र सुपरभाइजरका विभिन्न पदहरूमा गरी २६५ जनाबाट दरखास्त आह्वान गरेको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले माघ ८ गतेसम्म र दोब्बर दस्तूर तिरी माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन...
जसको कोही छैन, उसका दीपक छन्
हेटौंडा । बाल्यकालमा अभाव, संघर्ष र आँसु देखेर हुर्किएका दीपक योञ्जन आज परदेशमा बसेर सयौँ विपन्न, असहाय र पीडितहरुको जीवनमा आशाको दीप प्रज्वलन गरिरहेका छन् । मकवानपुरगढी–४, मकवानपुरमा जन्मिएका दीपक अहिले कुवेत छन् । होटलमा सवारी चालकको रुपमा कार्यरत उनी सामाजिक अभियन्ताका रुपमा चिनिन्छन्। वि.सं. २०५१ साल साउन २९...
राताम्य पुँजी बजारः सकारात्मक माहोलमा पनि किन खुम्चिदैछ ?
काठमाडौँ । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा लगानीकर्ताबीच अन्यौल बढेको कारण बजार कमजोर भएको विश्लेषकहरूले बताएका छन्। आगामी सरकारको नीति र नेतृत्व कस्तो हुने भन्ने अनिश्चितताले लगानीकर्तालाई “पर्ख र हेर”को अवस्थामा राखेको छ। अघिल्लो कारोबारको दिन बजार बढेको...
स्विट्जरल्याण्डमा नयाँ वर्षको उत्सवका बेला विस्फोट, कम्तीमा १० जनाको मृत्यु
काठमाडौँ ।स्विट्जरल्याण्डको उच्चस्तरीय अल्पाइन स्की रिसोर्ट शहर क्रान्स-मोन्टानामा नयाँ वर्षको उत्सव मनाइरहेका बेला भीडभाड भएको एक बारमा भएको भीषण विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। घटना बिहीबार बिहान सबेरै भएको स्विस अधिकारीहरूले पुष्टि गरेका छन्। दक्षिणपश्चिमी क्यान्टोन भलाइसका प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान...
गीतले बनाएको पहिचानः शब्द साधनामा जुटिरहेका सुवेदी
हेटौंडा । नेपाली गीत–संगीतको संसारमा शब्दले जब आत्मा पाउँछ, तब जन्मिन्छ एउटा अमर सिर्जना । त्यस्तै शब्दका साधकमध्ये पछिल्लो समय निरन्तर चर्चा बटुल्दै गएको एउटा नाम हो किशनप्रसाद सुवेदी। वि.सं. २०५६ साल माघ २४ गते मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, लामसुरेहाइटमा जन्मिएका सुवेदी, महेन्द्रप्रसाद सुवेदी र लक्ष्मी...










