समाचार
बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटको सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताको विषयमा छलफल हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।...
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको छ । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरुको सहमति भएको जानकारी दिए । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही...
कालाखेतीद्वारा उपचार शुल्क तिर्न नसकेर अस्पतालमै बसेका विरामीको उद्धार
मकवानपुर । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले उपचार शुल्क तिर्न नसकेर अस्पतालमै बसेका विरामीको सम्पूर्ण उपचार खर्च चुक्ता गरिदिएका छन् । अध्यक्ष कालाखेतीले उपचारको शुल्क तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज नभएका मनहरी गाउपालिका–८ का चन्द्रबहादुर बोटेको सम्पूर्ण उपचार खर्च चुक्तन गरिदिएका हुन् । सडक दुर्घटनामा घाइते भएका चन्द्रबहादुरको निधार र...
आज दिनभरको मौसम कस्तो रहला ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ । साथै कोशी र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै...
एम्बुलेन्सले ठक्कर दिँदा महिलाको मृत्यु
बुटवल । बुटवल–१३ झोलुङ्गे पुल नजिकैआज बिहान एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ झ ५३१ नम्बरको एम्बुसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, एम्बुलेन्सको ठक्करबाट बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । अध्यक्षले विषयगत...
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
मकवानपुर । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कांग्रेस बागमती गाउँपालिका सभापति फणिन्द्र तिमल्सिनाको अध्यक्षता एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आथित्यतामा क्रियाशिल नविकरण, योजना कार्यान्वयन, पार्टीको सांगठनिक अवस्था, बजेटलगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।...
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङको अधिवेशन सम्पन्न
मकवानपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन संगठनका अध्यक्ष सुजन कुमार मोक्तानको सभाध्यक्षता एवम् एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर अध्यक्ष बसन्त राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो क्रममा अधिवेशनमा प्रमुख अतिथि राईले सबै प्रकारका शिक्षकहरुको हकहित र...
न्यूयोर्कमा भोलि नेपाल डे परेड हुने
न्यूयोर्क, अमेरिका । न्यूयोर्कको म्यानहाटनमा भोलि आइतबार नेपाल डे परेडको आयोजना हुने भएको छ । त्यसका लागि आयोजकले सबै तयारी पूरा भएको जानकारी दिएका छन् । एनआरएनए न्यूयोर्कका अध्यक्ष हेमन्त मल्लका अनुसार, परेडमा नेपाली भेषभुषा, कला र संस्कृतिको प्रर्दशन हुनेछ । म्यानहाटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड म्याडिसन एभिन्यूको...
बागमती प्रदेश सभाः संसदीय विशेषाधिकार समितिको गठन
मकवानपुर । बागमती प्रदेश सभाको संसदीय विशेषाधिकार समितिको गठन गरिएको छ । प्रदेश सभाको आज अपराह्न बसेको बैठकबाट उक्त समिति गठन गरिएको हो । सो विशेषाधिकार समितिमा क्रमशः कृष्णप्रसाद शर्मा खनाल, कृष्णप्रसाद सिलवाल, गिरबहादुर तामाङ, गोविन्द प्रसाद लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, बिन्दु श्रेष्ठ, मायादेवी...









