अस्ट्रेलियामा माछा मार्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा डुबेर दुई जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए ।
उनीहरू लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको जनाइएको छ ।– एजेन्सी