वातावरण दिवसको अवसरमा र्याली

तु खबर संवाददाता
२०८१ जेष्ठ १६, बुधबार ०९:४५

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा र्याली कार्यक्रमको आयोजना गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ ले मंगलबार उक्र कार्यक्रमको आयोजना गरेको हो ।

र्यालीमा २३ वटा टोल विकास संस्थाले भाग लिएका थिए । वडा ११ को कार्यालयदेखि शुरु भएको र्यालीले नवलपुर, थानाभर्याङ परिक्रमा गरी सिमलटारको सहकारी भवनमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रम हेटौंडा उपमहानगर पालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् कार्यक्रम टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने टोल विकास संस्थाहरुलाई पुरस्कृत गरिएको थियोे । पुरस्कृत हुने टोल विकास संस्थाहरुमा क्रमशः सिमलटार टोल विकास संस्था ( प्रथम), शान्ति चोक टोल विकास संस्था (दोस्रो), झलुङ्गेपुल टोल विकास संस्था (तेस्रो) थिए भने सुर्योदय टोल विकास संस्था र लालिगुरास टोल विकास संस्थाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष जुना दाहाल, वडा सदस्यहरु विकास नेपाल, सञ्जय बिडारी, गोपिनी सापकोटा, गीता सुनार, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।