लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन: प्रल्हाद लामिछाने

तु खबर संवाददाता
२०८१ जेष्ठ १६, बुधबार ०९:३६

मकवानपुर । संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताएका छन् ।

१७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा वाईसीएल नेपाल र अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले संयुक्त हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै रूपमा माओवादी केनद्रीय सदस्य लामिछानेले सो कुरा बताएका हुन् ।

लामिछानेले १० वर्षे जनयुद्ध र जनयुद्धको जगमा उपलब्धिको रुपमा गणतन्त्र आएको र गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताए ।

अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटी अध्यक्ष बिजन लटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वाईसीएल नेपाल हेटौंडा उपमहानगर कमिटी अध्यक्ष मदन उप्रेतीले स्वागत गरेका थिए ।

अखिल क्रान्तिकारी मकवानपुर कोषाध्यक्ष बुद्धराज अर्यालले सांचालन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति संयोजक भीम पाख्रीन, सचिव वीरबहादुर घलान ‘ज्वाला’, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तिर्थबहादुर थापा मगर, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजकुमार मोक्तान, प्रदेश कमिटी सचिब रामकृष्ण सिवाकोटी, मकवानपुर अध्यक्ष श्रवण बर्तौला, स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस सभापति छोइसाङ लामालगायत युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।