लागूऔषधसहित एक किशोर पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १०:१३
सांकेतिक तस्बिर

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा २ किलोग्रामसहित प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–४ बस्ने १७ वर्षीय किशोर रहेका छन् । उनलाई मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख २९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अन्सन्धान गरिरहेको छ ।