बागमती प्रदेश सभाको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १०:०५

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ः३० बजे प्रदेश सभा सचिवालयको भवनामा बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठक प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम जेठ १४ गते बसेको प्रदेश सभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सार्वजनिकरण गरेका थिए ।