आज कतै वर्षा, कतै अत्याधिक गर्मीको सम्भावना

तु खबर संवाददाता
२०८१ जेष्ठ १६, बुधबार ०९:०२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले कतै वर्षा र कतै अत्याधिक गर्मीको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहनेछ । तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको सबैलाई आग्रह गरेको छ ।

हाल नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।