समाचार

हेटौंडामा पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको हेटौंडामा एक जना पुरुषको शव फेला परेको छ । हेटौंडा उपहानगरपालिका वडा नं.५ पिप्लेकुनामा एक पुरुष शव फेला परेको हो । उक्त शव स्थानीय ५६ बर्षीय कुमार सिंह ठकुरीको रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, ठकुरी आफ्नै घरभित्र काठको बलोमा गलबन्दीको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सो प्रभावको कारण आज बिहान बागमती, कोशी, मधेश, लुम्बिनी, कर्णाली...

गृहमन्त्रीको सम्बोधनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सोमबार बिहान संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाइएको हो । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन बैठक बोलाएको हो ।...

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल (प्रचण्ड) ले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन् । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वमा...

कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् । बैठक संसद् भवन बानेश्वसरमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले...

चोरीको मोटरसाइकलसहित मकवानपुरका ६ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा चोरी भएका मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । चोरी भएका मोटरसाइकलसहित सो कार्यमा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मिलन पाख्रिन, रत्न बहादुर गोले, संजिव भोलन, रमेश लोप्चन, सुवाष...

विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल भएको छ । सो बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल भएको हो । सो क्रममा प्रदेश...

विद्यार्थीहरुलाई निःशुल्क लेखापालन तालिम

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा निःशुल्क लेखापालन तालिमको शुभारम्भ गरेको छ । तालिम आज एक कार्यक्रमबीच शुभारम्भ गरेको हो । अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. याम...

सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरुको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सञ्चालनका सम्बन्धमा छलफल गर्न प्रमुख सचेतकहरुको बैठक आह्वान गरेका छन् । सभामुख घिमिरेले बिहान साढे १० बजे बस्ने गरी प्रमुख सचेतकहरुसँगको बैठक आह्वान गरेका हुन् । प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे गरी बोलाइएको छ । सहकारी संस्थाको रकम हिनामिना...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८, कालोपहिरो शनिबार मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हेटौंडाबाट ललितपुरतर्फ जाँदै गरेको बा ९० प ५५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किँएर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा...