हत्या गरेको अभियोगमा पुरुष पक्राउ
बझाङ । आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बझाङबाट एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बुङगल नगरपालिका–११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातली रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले हरजितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
