समाचार

आज यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको हुने जनाएको छ । महाशाखाले देशभर आंशिक देखि साधरणतया बदली रही कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार,...

आज राष्ट्रिय सभाको बैठक पनि बस्ने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक पनि बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउनेछन् । मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको व्यहोरा जानकारी गराउने, अध्यक्ष दाहालले विषयगत...

हेटौंडामा लडेर एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ मा सोमबार लडेर एक जना घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ५७ वर्षीया लब कुमारी खतिवडा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै घरमा बसिरहेकी खतिवडा जुरुक्क उढ्ने क्रममा एक्कासी लडेर घाइते भएकी हुन् । उनको...

प्रतिनिधि सभा बैठक आह्वान

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता...

पशुपतिनाथको भेटी चोर्ने पक्राउ

काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोर्ने ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका छन् । प्रहरीका अनुसार, मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका...

सवारी दुर्घटनामा परेर १३ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा ट्रक र माइक्रो बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रो र ट्रक एकापसमा ठोक्किएर दुर्घ६ना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्थामा गम्भीर रहेको र उनीहरुलाई चितवनको पुरानो मेडिकल कलेजमा उपचारको लागि गरिएको इलाका...

हेटौंडामा एक पुरुष मृत अवस्थामा भेटियो

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१२ मा सोमबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् । स्थानीय ४० वर्षीय दिलिप बहादुर रुम्बा मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय तिलक बहादुर घलानको केराबारीमा रुम्बा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । घटनाको...

गृहमन्त्री रवि लामिछाने आज हेटौंडा आउँदै

मकवानपुर । गृहमन्त्री रवि लामिछाने आज हेटौंडा आउने भएका छन् । गृहमन्त्री लामिछाने हेटौंडामा आजबाट सुरु हुने बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्न हेटौंडा आउन लागेका हुन् । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना हुन लागेको उक्त गोष्ठी दुई दिनसम्म संचालन हुनेछ । कार्यक्रम हेटौंडा–२, होटल एभोकाडोमा...

चोरी गरेको आरोपमा हेटौंडाबाट एक युवक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१८ रामधुनीमा एक घरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१८ बस्ने नबिन खतिवडा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, आइतबार दिउँसो स्थानीय गोपि थापाको घरको झ्याल फुटाएर कोठाभित्र रहेको दराजबाट...

बस दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आज दिउँसो मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दिउँसो वीरेन्द्रनगर–७ कटकुवा नजिकै कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका–६ बर्दियाका ७० वर्षीय शेरबहादुर खड्का र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६...