बिहीबार नेप्सेमा १९ दशमलव ८९ अंकको गिरावट

तु खबर संवाददाता
२०८१ जेष्ठ १७,बिहीबार १६:५०

काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक (नेप्से) मा १९ दशमलव ८९ अंक गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्जल (नेप्स) का अनुसार, बजेटको भोलिपल्ट बुधबार २३ अंकमाथिले घटेको नेप्से बिहीबार थप १९ दशमलव ८९ अंकले घट्दै २ हजार ६९ दशमलव ५३ बिन्दु झरेको हो ।

नेप्सो अनुसार, बिहीबार ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच भएको छ भने ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।