समाचार
मृत अवस्थामा भेटिए मकवानपुरका तामाङ
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ४, किटिनेस्थित पुछार टोलमा मंगलबार एक युवक मृत अवस्थामा भेटिएका छन् । स्थानीय १८ वर्षीय रुपक तामाङ डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, उनी आफ्नै नजिकै रहेको घरको छतको पिल्लरमा...
गण्डकी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको इजलासमा मंगलबारदेखि सुरु भएको बहस आज पनि हुने जनाइएको छ । सबै पक्षको बहस सकेर सर्वोच्चले आजै फैसला सुनाउनेछ । अन्तरिम आदेश जारी गरे अधिकारी पदमुक्त हुनेछन् ।...
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदैछ । विश्वभर विविध कार्यक्रमको आयोजना गरी जैविक विविधता दिवस मनाउन लागिएको हो । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता...
आज यी प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । साथै आज कोशी प्रदेश लगायत देशका पहाडी...
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति...
हेटौंडामा एक पुरुषको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ बनस्खण्डीमा मंगलबार एक पुरुषको शव फेला परेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं.३ बस्ने ५२ वर्षीय कृष्ण भन्ने ईन्द्रबहादुर खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार,...
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौं । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहिया थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै मंगलबार पक्राउ परेका हुन् । उनलाई नागरिकता सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । अदालतले...
मोरङ कारागारमा एक कैदीको मृत्यु
विराटनगर । मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो । जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार, लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका थापा मंगलबार बिहान अचानक बेहोस भएका थिए ।...
खानेपानी बोर्डद्वारा स्थापना दिवसमा कर्मचारी तथा संस्था सम्मान
मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले मंगलबार ११ औं वार्षिककोत्सव मनाएको छ । वार्षिकोत्सवको सन्दर्भमा बोर्डले आफ्नो कर्मचारी तथा विभिन्न संस्थाहरुलाई सम्मानित समेत गरेको छ । बोर्ड अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव समारोहमा बोर्डबाट प्रदान गरिने सेवा प्रवाहलाई डिजिटलाइजेशन सहयोग...
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरु
मकवानपुर । बागमती प्रदेशको मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षमा बसेको बैठकले विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार, बैठकले प्रदेश उच्च शिक्षा ऐन २०८० को अध्यादेशलाई प्रतिस्थापन...









