समाचार

आज २५६८ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने बुद्ध जयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।...

कर्णालीका मन्त्री शाहले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमालेको तर्फबाट बनेका सांसद शाहले प्रदेश प्रमुख तिलक परियारबाट बुधबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । यसअघि शपथ बहिष्कार गरेका शाहलाई मुख्यमन्त्री यामलाल कँडेलले आजै पुनः कृषि...

हेटौंडामा दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । सुरक्षा गोष्ठीको समापन कार्यक्रम उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यता...

चोरीका मोटरसाइकलसहित पाँच जना पक्राउ

झापा । झापाबाट चोरीका मोटरसाइकलसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ बस्नेहरू १९ वर्षीय प्रियङक कडेल, १९ वर्षीय कृष्ण घिमिरे, १९ वर्षीय नबिन बस्नेत तथा १९ वर्षीय दिपक भुजेल र सोही नगरपालिका–३ बस्ने १९ वर्षीय सम्रिक चुडाल रहेका छन् । इलाका प्रहरी...

जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको हो । निर्वाचन कार्यतालिका अनुसार, जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली सार्वजनिक, जेठ २९...

गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले प्रदर्शन गर्ने

काठमाडौं । सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको नेपाली कांग्रेसले काठमाडौंडमा प्रदर्शन गर्ने भएको छ । बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकले काठमाडौंमा यही जेठ ११ गते प्रदर्शन गर्ने तयारी गरेको केन्द्रीय सदस्य...

अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बारा, कैलाली, कञ्चनपुर र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको कचनकवल गाउँपालिका–४ स्थित सुनकोशी चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ४० ग्राम ८ सय ४० मिलिग्रामसहित मंगलबार एक...

सगरमाथा आरोहणका क्रममा बेलायती नागरिकसहित दुई जना बेपत्ता

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा एक बेलायती नागरिकसहित दुई जना आरोही बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन...

सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

जनकपुरधाम । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । मंगलबार पक्राउ परेका उनलाई जिल्ला अदालत धनुषाले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न...

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज समापन हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारबाट सुरु भएको प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी आज समापन हुँदैछ । संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त रुपमा आयोजित उक्त गोष्ठीको मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए । गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका...