समाचार

करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट एक भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतम रहेको प्रहरीले जनाएको छ ।...

कालिकोटमा जिप दुर्घटना, ७ जना घाइते

कालिकोट । कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् । घाइतेको अवस्था भने निकै गम्भीर रहेको बताइएको...

लोसपाको महासचिवमा यादव मनोनीत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिवमा शीतल प्रसाद यादव मनोनीत भएका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित अन्तरिम विधान अनुसार, केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गरेका हुन् । लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिबार सदस्यता...

४ लाख घुससहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरिबाट ४ लाख घुस रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायत रहेका छन् । उनलाई घुस लिएको अवस्थामा चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष...

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो ।...

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारीको रकम अपचलन गरेको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा सत्तापक्षबाट कांग्रेसले माग गरेको विषयहरूमा एउटा...

कारले ठक्कर दिँदा एक वृद्धको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा कारले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाही रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदलयात्री शाही गम्भीर घाइते भएका थिए...

लाइसेन्स प्रकरणमा मुछिएका कर्मचारी धरौटीमा रिहा

काठमाडौं । हिरासतमा रहँदा शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ परेका दुई जना कर्मचारी धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार, अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत अधिकृत नारायण प्रसाद पाण्डे धरौतीमा रिहा भएका हुन् । उनीहरु जनही...

मनहरीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले पछिल्लो समय निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । वडाका विभिन्न स्थानमा पुगेर पशुपंक्षीको स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधी उपचारमा गाउँपालिकाले सेवा दिँदै आएको हो । पािलकाले मनहरी–१ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएमा २ सय ६१ जना कृषकका २ हजार १...

आज कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले अहिले कोशी र मधेस प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ भने कोसी,...