आइतबार दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज शेयर बजारमा दोहोर अंकले सुधार आएको छ । पछिल्ला दुई दिन राताम्य भएको शेयर बजारमा आज भने दोहोरो अकंले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ दशमलव ५१ अकंले बढेर २०८३ दशमलव ०४ बिन्दुमा बन्द भएको छ ।
यस्तै, आज ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच भएको छ भने ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा आज मल्टीप्रपोज फाइनान्स र मकर जितुमायाको शेयर रहेका छन् ।