राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक पेश

तु खबर संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १७:०९
file-photo

काठमाडौं । संघीय संसद् अन्तरग राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक, २०८० पेश गरिएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त विधेयक पेश गरेकी हुन् ।

विधेयकमाथि सांसदहरूले सभा आफ्ना धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएकी थिइन् ।

मन्त्री शर्माले जवाफ दिएसँगै सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।