प्रचण्ड र ओलीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १५:४३
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ ।

भेटमा उनीहरूबीच समसामयिक राजनीति र आर्थिक वर्ष २०८१/८२ को बजेटबारे छलफल भएको स्रोतले जनाएको छ ।

सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन् ।