हेटौंडामा भोलिदेखी निःशुल्क योग विज्ञान शिविर हुने

तु खबर संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १६:१०

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि जेठ २१ गतेदेखि तीन दिनसम्म निःशुल्क रोग विज्ञान शिविर हुने भएको छ ।

उक्त शिविर महिला पतञ्जली योग समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा हुन लागेको हो ।

‘गरौं योग, रहांै निरोग’ भन्ने मूल नाराको साथ वृहत् योग विज्ञान शिविर संचालन गर्न लागेको महिला पतंजलि योग समिति मकवानपुरकी अध्यक्ष शशिकला थापाले जानकारी दिइन् ।

उनका अनुसार, बिहान ५ बजेदेखि ७ बजेसम्म २ घण्टा हुने शिविर जेठ २३ गते सकिनेछ ।

रोयल पार्टी प्यालेस हेटौंडामा हुने शिविरमा महिला पतञ्जली योग समिति केन्द्रीय अध्यक्ष पूज्य साद्वी देवादितिबाट योग प्रशिक्षण दिइने समिति अध्यक्ष थापाले बताइन् ।