समाचार

५ हजार नक्कली नोटसहित किशोर पक्राउ

काठमाडौं । ललितपुरबाट नक्कली नोटसहित एक जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, उनलाई सानेपाबाट पक्राउ गरिएको हो । प्रहरीले आरोपीको साथबाट १ हजार दरका ५ थान नक्कली नोट बरामद गरेको छ...

न्याय सेवाका तीन सह–सचिवको बढुवा

काठमाडौं । न्याय सेवाका तीन जना सह–सचिवहरुको बढुवा भएको छ । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले तीन सह–सचिवको बढुवा गरेको हो । आयोगले एक सरकारी वकिल र दुई जना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो । कामू नायव महान्यायाधीवक्ता खेमराज ज्ञवाली महान्यायाधीववक्ता कार्यालयको सचिव सरहको पद नायव...

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट एक महिलाकाृ मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार, मृतक रोकाय आफ्नी...

राष्ट्रिय सभा बैठक आह्वान

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि छलफल...

नेपाल प्रहरीमा कार्यरत १९ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत १९ कर्मचारी सम्पर्कविहीन भएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट उनीहरु कार्यालयमा हाजिर नभएका जानकारी गराएको हो । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका विभिन्न दर्जामा रहेका ती प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । सो भेटको क्रममा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू समस्या...

उपमेयर कप ब्याडमिन्टनको उपाधी आग्रा स्पोर्ट्सल हात पार्यो

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा सम्पन्न पाचौँ उपमेयर व्याडमिन्टन कप प्रतियोगिताको उपाधी आग्रा स्पोर्टस क्लबले हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा संग्राम खत्री समराजको टिमलाई पराजित गर्दै आग्रा स्पोर्ट्स क्लबले उपाधि हात पारेको हो । प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी समूहलाई क्रमसः २० हजार, १५...

कछुवा संरक्षणको माग गर्दै हेटौंडामा प्रदर्शन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा कछुवा संरक्षणको माग गर्दै प्रदर्शन गरिएको छ । वाइल्डलाइफ कन्जर्भेसन एण्ड रिसर्च एण्डेभर (वाइल्ड केयर) नेपालले विश्व कछुवा दिवसको असर पारेर बिहीबार प्रदर्शनको आयोजना गरेको हो । र्यालीमा सहभागी विद्यार्थीहरूले कछुवा स्टिकर तथा पोस्टकार्डहरु लिएर संरक्षणको सन्देशसहित नारा लगाएका थिए । फरेस्ट्री कलेजको...

मकवानपुरमा करेन्ट लागेर पुरुष घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.३ झल्कनेमा करेन्ट लागेर एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा भीमफेदी गाउँपालिका–४ बस्ने ३७ वर्षीय सन्तोष कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार घर बनाउन रड काट्ने क्रममा करेन्ट लागेर कार्की घाइते भएका हुन् ।...

बुद्ध जयन्तीको अवसरमा साइकलयात्रा

मकवानपुर । हिमलयन राइडर्स सोसाइटी मकवानपुरले २५६७ औं बुद्ध जयन्तीको अवसरमा दुई दिने साइकलयात्राको आयोजना गरेको छ । मकवानपुरगढी गाउँपालिका–२ को समन्वयमा आन्तरिक पर्यटन प्रवद्र्धनको निम्ति एतिहासिक मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्राको आयोजना गरिएको हो । बिहीबारबाट सुरु भएको साइकलयात्रा १२ जनाले सहभागिता जनाएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए...