समाचार
हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । पूर्ब–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङमा गएराति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । सर्लाहीबाट काठमाडौंतर्फ जादै गरेको ना ७ ख १६७५ नं. को बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...
बिरोध प्रदर्शन तयारीका लागि कांग्रेस बागमती प्रदेशको बैठक
काठमाडौं । नेपाली कांग्रेसले आगामी जेठ १३ गते काठमाण्डौंमा गर्ने बिरोध प्रर्दशन तयारीका लागि कांग्रेस बागमती प्रदेशले तयारी बैठक बसेको छ । बैठक कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुरुप कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय बालकुमारी काठमाडौंमा शुक्रबार बसेको हो । सो बैठकले लाखौं जनता सम्मिलित सहकारीको रकम अपचलन गरेको आरोप लागेका...
अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ
मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया थाना फारबिसगंज बस्ने २२ वर्षीय मुजमिल अन्सरी रहेका छन् । उनलाई लागूऔषध खैरो हेरोइन १ ग्राम ६ मिलिग्रामसहित शुक्रबार लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ...
फैलियो डेंगु संक्रमण, सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशको प्राय जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ । महाशाखाले डेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको जनाएको हो । महाशाखाका अनुसार, मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । महाशाखाका किटजन्य रोग शाखाका...
प्रमुख दलका शीर्ष नेताको बैठक जारी
काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच केहीबेर अघिबाट छलफल सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का,...
प्रदेश सरकारले नयाँ ढंगबाट शिक्षा नीति बनाएको छः मुख्यमन्त्री
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलल प्रदेश सरकारले नयाँ ढंगबाट शिक्षा नीति बनाएको बताएका छन् । मुख्यमन्त्री जम्क्ट्टेलले शुक्रबार हेटौंडामा मकवानपुर बहुमुखी क्याम्पसको राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रलाई लक्षित गरेर एक वडा, एक आवासीय विद्यालय बनाउने नीति तयार पारेको बताए...
हेटौंडाका एक दम्पतीद्वारा बुद्धको मूर्ति स्थापना
मकवानपुर । मकवानपुरको सबैभन्दा उचो भू–भागमा हेटौंडाका एक दम्पतीले बुद्धको मूर्ति स्थापना गरेका छन् । हेटौंडा उपमहानगरपालिका–११ का समाजसेवी सिद्धिलाल श्रेष्ठ र बविता श्रेष्ठले थाहा नगरपालिका–४ सिमभन्ज्याङमा साढे १८ फिट उचाईको बद्धको मूर्ति स्थापना गरेका हुन् । सिमभन्ज्याङको सानो समथर थुम्कोमा स्थापना गरिएको उक्त मूर्ति २४८८ मिटर उचाईमा रहेको...
बागमती सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने
मकवानपुर । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी तीन दिन मनाउने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् । मन्त्री श्रेष्ठले जेठ १३, १४ र १५ गते गरी तीन दिन गणतन्त्र...
काकाको हत्या गरेको आरोपमा भतिज पक्राउ
काठमाडौं । आफ्नै काकाको हत्या गरेको आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका–६ बरला बस्ने ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा उनकै भतिज डन राज विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका ३१ वर्षीय डनराजले कुटपिट गरेर काका...
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि
काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको हो । केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो । हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी...










