समाचार
आइतबार २२ दशमलव १४ अंकले घट्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार गिरावट आएको छ । गत साता लगातार बढेको नेप्से यस साताको कारोबारको पहिलो दिन नै २२ दशमलव १४ अंकको गिरावट आएको हो । यससँगै नेप्से परिसूचक २१०९ अंकमा पुगेर रोकिएको छ । १ दशमलव ०३ प्रतिशतको गिरावट आउँदा आइतबार २९ वटा...
भारतीय कार दुर्घटना हुँदा पाँच जना घाइते
तनहुँ । तनहुँमा आबुखैरेनी गाएँपालिका–१ सत्रसय स्थित पृथ्वी राजमार्ग खण्डमा भारतीय कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको डुम्रेतर्फ आउँदै गरेको बीआर ०६ डीएच ८२८१ नम्बरको कार दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा भारतको बिहार मजसापुर बस्ने २३ वर्षीय...
काठमाडौंमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले प्रदर्शनको आयोजना गरेको हो । प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालिएको थियो । कांग्रेसले सहकारीको बचत...
गाँजासहित तीन जना पक्राउ
धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–१३ पिराडी चोकबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले २ सय ५० किलो गाँजासहित गएराित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत ३ जना रहेका छन्...
बहुमतले पारित भयो सरकारको नीति तथा कार्यक्रम
काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमत पारित भएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाबिच सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको...
राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएके छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानीय तहहरूको अधिवेशन, सङ्गठन सुदृढीकरण सङ्गै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल गर्न बैठक बोलाइएको हो । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार, उक्त बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका...
हेटौंडामा म्याजिकको ठक्करबाट पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्के नजिक शनिबार म्याजिक भ्यानको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । नेवारपानीबाट लेवटतर्फ जाँदै गरेको ना १ ज ७५६० नम्बरको म्याजिक भ्यानले ठक्कर दिँदा हेटौंडा–१२, बनस्पति बस्ने श्यामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भ्यानको ठक्करबाट...
नेपाली कांग्रेसको प्रदर्शन आज
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शनको आयोजना गर्दैछ । कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्न लागेको हो । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार, दिउँसो १...
आज यी स्थानमा हुनेछ वर्षा
काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । आज दिउँसो...
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा...










