राप्ती रिवर साइडमा बृक्षा रोपण
मकवानपुर । ५२ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा–११, राप्ती रिवर साइडमा बृक्षा रोपण कार्यक्रम गरिएको छ ।
टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ को आयोजना तथा डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरको सहयोगमा बृक्षारोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रम वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा हेटौंडा–११, की वडाध्यक्ष जुना दाहाल, वडा सदस्यद्वय बिकास नेपाल र सन्जय बिडारी, सिमलटार टोल विकास संस्थाका अध्यक्ष सूर्यमान लामा, सागरपथ टोल विकास समितिका अध्यक्ष सूर्यबहादुर थिङ, थानाभर्याङ टोल विकास समितिका अध्यक्ष वसन्त कप्रौला, नेपाली कांग्रेसका वडा सदस्य सुन्दरलाल शेर्स्थ लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा २ सय बिरुवा रोपिएको थियोे ।
