हेटौंडामा एक दिने स्वरोजगार मेला आयोजना

तु खबर संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १८:१२

मकवानपुर । सीप स्रोतको उपयोग, स्वरोजगारको सृजना, समृद्ध नेपाल भन्ने मूल नारासहित सोमबार हेटौंडामा स्वरोजगार मेला कार्यक्रम आयोजना भएको छ ।

नेपाल व्यवस्थापन संघ बागमती प्रदेश समितिको आयोजनामा भएको स्वरोजगार मेलाको उद्घाटन हेटौंडा उपमहानगरपालिका २ न वडा अध्यक्ष बिष्णु गोपाल महर्जनले गरेका हुन् । नेपाल व्यवस्थापन समिति , बागमती प्रदेश समितिको अध्यक्ष सुदर्शनप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशी , प्रदेश उद्योग मन्त्रालयका उद्योग अधिकृत सुनिता गजुरेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका सदस्य बि के महर्जनले स्वागत तथा मेलाको उद्देश्य माथी प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल व्यवस्थापन समिति बागमती प्रदेशका अध्यक्ष अधिकारीले स्वदेशी सीप स्रोतको उपयोगसङ्गै रोजगारी सृजना गरेर मात्र देश समृद्धि तर्फ उन्मुख हुने बताए । विद्यार्थीहरुले भरखरै स्टार्टअप गरेका नव प्रबर्द्धनात्म उधमले व्यहोर्नुपरेको विभिन्न समस्याहरु सम्बन्धमा आयोजकको तर्फबाट विज्ञको रुपमा काठमाडौका भावना घिमिरे , संघका सदस्यहरु : नुररानी ढुङ्गेल, प्रध्युम्न उपाध्याय र बि के महर्जनले सल्लाह दिएका थिए ।

कार्यक्रममा डा बलराम भट्ट तथा डा शंकरप्रसाद उपाध्यायले पनि आफ्नो अनुभवबाट विद्यार्थीहरुलाई उत्प्रेरित गरेका थिए । कार्यक्रमको सहजिकरण संघका उपाध्यक्ष विजय बैध तथा सचिव तुलसी रिजालले गरेका थिए । हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।