आज ५२ औं वातावरण दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ जेष्ठ २३, बुधबार ०८:५०

काठमाडौं । आज जुन ५ अर्थात विश्व वातावरण दिवस । प्रत्येक वर्ष झै यस वर्ष पनि जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाउँदै आएको छ ।

सो अवसरमा स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवम् सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणले विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।