सोमबार नेप्सेमा ३ दशमलव ९७ अंकको गिरावट
काठमाडौं । सोमबार नेप्सेमा ३ दशमलव ९७ अंकको गिरावट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
आइतबार साढे १३ अंकले बढ्दै २ हजार ८३ अंकमा उक्लिएको नेप्स आज ३ दशमलव ९७ अंकले घट्दै २ हजार ७९ दशमलव ०७ अंकमा झरेको हो ।
यस्तै, आज ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको जनाइएको छ ।
२४७ कम्पनीको सेयर कारोबार भएकोमा आज ११० कम्पनीको सेयर मूल्य बढेको र १२९ कम्पनीको मूल्य घटेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।