प्रतिनिधि सभा बैठक बस्दै

तु खबर संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार ०९:०९

काठमाडौं । संघीय संसद्अन्तर्गत पर्ने प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

यस्तै, आजको बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । संविधानसभा सदस्य तथा पूर्व मन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने जनाइउको हो ।