हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका–१ बस्ने २८ वर्षीय जीवन लामा समेत २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्रामसहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३ ख ८३८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
