हेटौंडामा लघुकथा उत्सव सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार लघुकथा उत्साव सम्पन्न भएको छ । साहित्य संगम मकवानपुरले ‘लघुकथा उत्सव–२०८१’ मा स्रष्टा सम्मान तथा लघुकथावाचनको आयोजना गरेको हो ।
क्लव हेटौंडामा आयोजित लुघ कथा कार्यक्रम साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको हो ।
हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा आयोजित कार्यक्रम संगमका सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।
‘लघुकथाः सिद्दान्त र बाटो’ शीर्षकमा लघुकथाका संरचना तथा समीक्षालगायतका विषयमा बहस आयोजना गरिएको थियो ।
