समाचार
हेटौंडाका शाह र बानियाँ पक्राउ
पर्सा । पर्साको वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर र अफिमसहित हेटौंडाका दुई जना पक्राउ परेका छन् । अवैध लागूऔषध ब्राउनसुगर १ सय ५० ग्राम र अफिम १ सय ५० ग्रामसहित हेटौंडाका दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भएका २९ वर्षीय समुन्द्र...
एकीकृत अटो तथा इ–रिक्सा युनियन मकवानपुरको भेला सम्पन्न
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको घटक संगठन एकीकृत अटो तथा इ–रिक्सा युनियन मकवानपुर समाजवादीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेला सन्तोष ओझाको सभाध्यक्षतामा हेटौंडा–४ स्थित एकीकृत समाजवादी पार्टीको सभाहलमा सम्पन्न भएको हो । भेला पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको प्रमुख आतिथ्यतामा भएको हो । उक्त...
हेटौंडामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारबाट प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ । बागमती प्रदेशस्तरीय उक्त गोष्ठी संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको हो । बुधबारसम्म संचालन हुने उक्त गोष्ठीको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका...
लागूऔषधसहित पक्राउ परे हेटौंडाका ढुंगाना
कास्की । कास्कीको पोखरा महानगरपालिका–३१ नहरचोकस्थित धौलागिरी होटलबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । लागूऔषध ब्राउनसुगर ५ ग्राम ५ सय मिलिग्रामसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ घर बताउने २६ वर्षीय अस्मित ढुंगानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई उक्त होटलमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको...
नेप्सेको उत्साह कायमै
काठमाडौं । आज नेप्से परिसूचकको उत्साह कायमै रहेको छ । साताको सुरु दिन देखिनै उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज तेस्रो दिन पनि बढेको छ । आज नेप्से सूचक २३ दशमलव ९४ अंकले बढ्दै २१ सय १५ अंकमा उक्लिएको हो । यसदिन ५ अर्ब २० करोड ६२ लाख...
प्रधानमन्त्रीको सम्पत्ति २५ लाख नगद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा उक्र रकम रहेको उल्लेख गरेका हुन् । प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक...
पानी तान्ने क्रममा करेन्ट लागेर पुरुषको मृत्यु
नवलपरासी (पश्चिम) । नवलपरासी पश्चिममा आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर मंगलबार बिहान एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका–३ श्रीनगर बस्ने ३० वर्षीय प्रदीप चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा...
विवाहको वहानामा चीन पुर्याइ मानव बेचबिखन, महिला पक्राउ
काठमाडौं । विवाहको वहानामा चीन पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा एकमहिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ्ग गाउँपालिका–१ ठेगाना भई चीनस्थित हार्बिन सिटीमा बसोबास गर्ने ४३ वर्षीया मनमाया घले रहेका छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२७ ठमेलबाट पक्राउ...
प्रतिनिधि सभा बैठक जेठ ११ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा...
सुरक्षा निकायका प्रमुख र १३ जिल्लाका प्रजिअ हेटौंडामा
मकवानपुर । प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौंडामा भेला भएका छन् । हेटौंडा–२ स्थित होटल एभोकाडोमा दिउँसो ३ बजेबाट सुरु हुने बागमती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको वैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने भएका छन् । बैठकमा...










