मकवानपुरमा यात्रुबहाक बस दुर्घटना, २० जना घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार ०८:५०

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेस्थित आज बिहान यात्रुबहाक बस दुर्घटना भएको छ ।

काँकडभिट्टाबाट नेपालगंज जाँदै गरेको ना.५ ख ५५१५ नम्वरको यात्रुबाहक बसको अगाडिको पट्टा भाच्चिएर बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर बसमा सवार २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घाइतेमध्ये ११ जनाको स्थानिय मेडिकल र ९ जनाको चितवनतर्फ उपचारको लागि पठाएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।