पेट्रोलियम पदार्थको मूल्य घट्यो

तु खबर संवाददाता
२०८१ जेष्ठ १९,शनिबार ०९:०२

काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।