फेसबुक ह्याक गरेर ठगी गर्ने व्यक्ति पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १६:४४

तनहुँ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सर्लाही बागमती नगरपालिका–१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

म्याग्दे गाउँपालिका–४ का अध्यक्षको सामाजिक संजाल फेसबुक ह्याक गरी लमजुङ मध्यनेपाल नगरपालिका–३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत् केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।